फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ ।
क्लबले बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो ।
कार्यक्रममा उपस्थित अतिथिहरु फूलकुमारी महत्तो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, आइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पिजे क्लबका अध्यक्ष विकास कार्कीले संयुक्त रुपमा फोटोबुक विमोचन गरेका हुन् ।
फोटो पत्रकार क्लबले आइएमइ–ग्लोबल आइएमइ बैंक, नेपाल फोटो कन्टेस्ट २०७३ मा गरेको फोटो प्रर्दशनीमा उत्कृष्ठ भएका फोटोहरुको संग्रह फोटोबुकको रुपमा प्रकाशन गरेको हो ।
व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए भने उत्कृष्ठ ७५ जनाको फोटोहरुलाई समाबेस गरि क्लबले फोटोबुक प्रकाशन गरेको हो ।
फोटोबुकमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखांची सिमेन्ट न्यूज, शिखर इन्स्योरेन्स नेपाल स्माइल, ग्लोबल मोडल स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा छानिएका तस्वीरहरु समावेश गरेको छ ।
ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्रा्िष्ट्रय स्तरसम्म प्रवद्र्धन गर्नमा यस फोटो वुकले महत्वपूर्ण भुमिका खेल्ने वताउँदै देशको सम्पूर्ण क्षेत्रको अर्थिक अवस्थालाई फोटोले स्पस्ट पारेको र वास्तविक नेपाललाई चिनाउने फोटोबुक भएको धारणा राखे ।
फोटोबुक प्रकाशनको लागि फूलकुमारी महत्तो मेमोरियल ट्रष्टले विशेष सहयोग रहेको थियो भने बीपी कोइराला इन्डिया फाउन्डेशन, आइएमइ इन्टरनेशनल मनि एक्सप्रेस र ग्लोबल आइएमइ बैंकले सहकार्य गरेको थियो ।
कार्यक्रममा आइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकालले फोटो पत्रकारीताले नेपाली समाजको यथार्थता व्यक्त गरेको धारणा राखे । नेपालको आर्थिक,सामाजिक,धार्मिक र राजनितीक परिवेशलाई फोटो वुकले समेट्न सकेको भन्दै आउँदा दिनमा आइएमई ग्रुप फोटो पत्रकार क्लव संग सहकार्यमा उत्सुक रहेको ढकालले वताए ।