१० अङ्क घट्यो नेप्से

सोमबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन 54 कराेड रुपैयाँको सेयर व्यापार भएको छ ।

होटेल र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहगत सूचकाङ्क ओरालो लागेपछि सोमबार नेप्से परिसूचक १० दशमलव ९० अङ्क घटेको छ । यसअघि उकालो लाग्ने क्रममा देखिएको नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन नै ओरालो लागेको हो । अघिल्लो साता १५ सय ३७ दशमलव ६७ अङ्कमा बन्द भएको नेप्से सोमबार शून्य दशमलव ७१ प्रतिशत घटेपछि १५ सय २६ अङ्कमा झरेको छ ।

 

सोमबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन 54 कराेड रुपैयाँको सेयर व्यापार भएको छ । यस दिन बुटवल पावर कम्पनीको सर्वाधिक ३ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ६ दशमलव ४७ प्रतिशत महँगिएको छ भने युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ५ दशमलव २७ प्रतिशत सस्तिएको छ ।