काठमाडौंबाट ११ बजेर ४० मिनेटमा ११ जना बालबालिकासहित ५४ यात्रु लिएर उडेको ९ एनएएमई कल साइनको जहाजमा धनगढी विमास्थलदेखि २५ किमी टाढा आकासमा चरा ठोक्किएको थियो ।
काठमाडौंबाट धनगढीका लागि उडेको सौर्य एयरलाइन्सको जहाड शुक्रबार ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौंबाट ११ बजेर ४० मिनेटमा ११ जना बालबालिकासहित ५४ यात्रु लिएर उडेको ९ एनएएमई कल साइनको जहाजमा धनगढी विमास्थलदेखि २५ किमी टाढा आकासमा चरा ठोक्किएको थियो । जहाजमा चरा ठोक्किएपछि जहाज धनगढी विमानस्थलमा सकुशल अवतरण भएको छ भने सबै यात्रु र ४ जना चालक दलका सदस्य सकुशल छन् । जहाज राम्ररी अवतरण गरी पार्किङमा राखिएको धनगढी विमानस्थलले जनाएको छ ।
चरा ठोक्किएपछि जहाज पार्किङमा राखिएको थियो । काठमाडौँबाट इन्जिनियरको टोली आइरहेको सौर्य एयरलाइन्सले जनाएको छ । जहाजमा खासै क्षति नभए पनि इन्जिनियरले उडाउन नसकिने धनगढी विमानस्थलले जनाएको छ ।