२५६२ औँ बुद्ध जयन्तीको अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलङ्का म्यानमार, बङ्गलादेश, चीन र पाकिस्ताका बौद्ध सम्पदाहरूलाई प्रवद्र्धधन गर्ने भएको छ ।
लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको ‘सर्किट’का रुपमा स्थापना गरिने भएको छ । २५६२ औँ बुद्ध जयन्तीको अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलङ्का म्यानमार, बङ्गलादेश, चीन र पाकिस्ताका बौद्ध सम्पदाहरूलाई प्रवद्र्धधन गर्ने भएको छ ।
सम्मेलनले दशबुँदे लुम्बिनी घोषणा पत्र २०१८ जारी गरेको छ । घोषणा पत्रमा सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान् बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वमा प्रवद्र्धन गर्ने, केन्जो टाङ्गेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने, अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्न एक भई काम गर्ने जनाइएको छ ।
यस्तै लुम्बिनीमा शान्ति र द्वन्द्वको निरूपणका लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने, बृहत्तर लुम्बिनीको पुरातात्त्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने, बृहत्तर लुम्बिनीको वातावरण संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने, कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अवशेष भएको स्थल) बृहत् महत्त्वलाई हृदयङ्गम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिष्ट सर्किट अन्तर्गतको रूपमा एकीकृत बृहत् लुम्बिनी गुरुयोजनाको रूपमा निर्माण गर्ने, बौद्ध शिक्षाका लागि लुम्बिनीलाई विश्व केन्द्रको रूपमा विकास गर्ने र लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्परा सञ्जालका लागि शुभारम्भ गर्ने जनाएको छ ।