संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै दुई वर्षभित्रमा ध्यान केन्द्र र सभागृहको काम सम्पन्न गर्ने जनाएका छन् ।
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको शिलान्यास गरिएको छ । २५६२औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ध्यान केन्द्र तथा सभागृहको शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । लुम्बिनी विकास कोषले निर्माण गर्ने सो ध्यान केन्द्र र सभागृहको लागत ३१ करोड ७९ लाख २८ हजार ३ सय ६३ रुपैयाँ ६ पैसा छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै दुई वर्षभित्रमा ध्यान केन्द्र र सभागृहको काम सम्पन्न गर्ने जनाएका छन् ।
बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली लुम्बिनी पुगेका हुन् । कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित शान्ति ¥यालीमा प्रधानमन्त्री ओली, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र मन्त्री रवीन्द्र अधिकारीको सहभागिता थियो ।