पाँच करोड कारोबार गर्दैै चेम्बर एक्स्पो सम्पन्न, ५० हजारले गरे अवलोकन

पाँंचदिने नेपाल चेम्वर एक्स्पो २०७४ सोमबार सम्पन्न भएको छ । एक्स्पोको ५० हजार भन्दा वढीले अवलोकन भ्रमण गरेका थिए । एक्स्पोमा पाँंच करोड भन्दा वढीको कारोबार भएको छ ।

एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको अर्डर वढी भएको जानकारी दिए । साथै निर्माण सामाग्रीका रुपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरुको अर्डर वढी देखिएको संयोजक चाकुवजीले जनाए ।
मेलामा सर्वसाधारणहरु विशेष रुपमा झुमिएका थिए । उनीहरु विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेतलगायतका लुगाफाटा खरिद गर्न भुम्मिएका थिए ।

एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फलोरिङ एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोवाइललगायतका दुई सय २५ वटा स्टलहरु राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको थियो ।

चेम्वरले गरेको यो तेस्रो एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्ट्रिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको थियो । थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको थियो । एक्स्पोको विहीबार राष्टपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् ।