नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पुर्याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए ।
पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताएका छन् । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पुर्याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए ।
एक दशकदेखि निर्माण कार्य सुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिएका छन् । उनको यस आश्वासनले जिल्लावासी उत्साहित भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै नेम्वाङले १० दिनभित्र परीक्षण उडान हुन्छ, १५ दिनमा इलाम लिएर जान्छु भनेको स्मरण गरे । सुकिलुम्बामा ट्विनअटर विमान अवतरण तथा उडान हुने बताइएको छ ।