बुधबारको ४ घण्टे सेयर कारोबारले कचौरा आकार ग्रहण गरेको छ । कारोबार सुरु हुनेबित्तिकै नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १३५३.०३ अङ्कमा चढे पनि त्यसपछि दिनभरजसो सूचक आईतबारको तुलनामा घटेको थियो ।
बुधबार कारोबार सुरु हुँदा बढेको सेयर बजार दिनभर राताम्मे देखिए पनि अन्तिम समयमा एकाएक वृद्धि भएको छ ।
बुधबारको ४ घण्टे सेयर कारोबारले कचौरा आकार ग्रहण गरेको छ । कारोबार सुरु हुनेबित्तिकै नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १३५३.०३ अङ्कमा चढे पनि त्यसपछि दिनभरजसो सूचक आईतबारको तुलनामा घटेको थियो ।
सोमबार बुद्ध जयन्ती र मङ्गलबार अन्तर्राष्ट्रिय श्रमिक दिवसपछि खुलेको बजार अन्तिम समयमा आएर एकाएक ११.३७ अङ्क सुधार हुँदै १३६०.३८ अङ्कमा चढेको हो । आईतबार १३४९.०१ अङ्कमा रहेको बजार मध्याह्नतिर १३३५.४९ अङ्कसम्म ओर्लेको थियो । तर, अन्तिम समयमा फेरि बजारमा सुुधार हुँदा कचौरा आकार ग्रहण गर्न पुगेको हो । यसले आगामी केही दिन बजार बढ्ने सम्भावना देखाएको छ ।
बुधबार नेप्सेमा सूचीकृत १० मध्ये नौ उपसमूहको कारोबार भएको छ । त्यसमध्ये वित्त २.९ अङ्क र उत्पादनमूलक उपसूचक २०.११ अङ्कले घटेपनि अन्य ७ समूह उपसूचक बढेपछि त्यसको असर नेप्सेमा परेको हो । सबैभन्दा बढी बिमा समूहसूचक १०७.०१ र बैङ्किङ समूहसूचक २.७१ अङ्कले बढेको छ ।
बजार बढे पनि कारोबार रकम भने अझ घटेको छ । बुधबार ५ हजार ६ सय ४४ कारोबारबाट ७ लाख ८५ हजार ५ सय ४४ कित्ता सेयर खरिदबिक्री भई ३८ करोड ६ लाख ८ हजार ६ सय ५३ रुपैयाँबराबरको कारोबार भएको छ । यसअघि गत आईतबार ५ हजार २ सय १४ कारोबारबाट ९ लाख ६६ हजार ८ सय २९ कित्ता सेयर किनबेच भई ४० करोड ३५ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।