यसअघि पनि कम्पनीले स्ल्याग मिसाएर सिमेन्ट बनाएको पाइएपछि विभागले तत्काल गल्ती स्वीकार गरेर उत्पादन सुधार्न निर्देशन दिएको थियो । तर, कम्पनीले अटेर गर्दै आएको विभागको भनाइ छ । अम्बेले नियतबस नै कमसल कच्चा पदार्थ प्रयोग गरेको पाइयो । पटक–पटकको निर्देशनलाई वेवास्ता गरेकाले अाेपीसीकाे एनएस इजाजत खोस्न हामी बाध्य भयौ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट ओपीसीको नेपाल गुणस्तर (एनएस) खोसेको छ । नेपाल गुणस्तरअनुसार तोकेको मापदण्ड पूरा नगरेको पाइएकाले अम्बेको अाेपीसीकाे एनएस इजाजत खोसिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
अम्बेलाई यसअघि पटक–पटक सचेत गराउँदा पनि विभागको निर्देशनलाई वेवास्ता गरेकाले इजाजत खोस्नु परेको उनको भनाइ छ । ‘हामीले पटक–पटक सचेत गराएका हाै,’ उनले भने, ‘अटेर गरेपछि अन्तिममा इजाजत नै खोस्नुपर्याे ।’
विभागले अम्बेको इजाजत खोसेपछि तीन महिनासम्म ओपीसी सिमेन्ट उत्पादन गर्न पाउने छैन । तीन महिनापछि अम्बेले गुणस्तर सुधारेको पाइएमा पुनः इजाजत दिन सकिने विभागले जनाएको छ ।
अम्बेले ओपीसी सिमेन्ट उत्पादन गर्न ‘स्ल्याग’ मिसावट गरेकाले विभागले यस्तो निर्णय गरेको हो । ओपीसी सिमेन्ट बनाउन जिप्सम र क्लिङ्कर बाहेक अन्य कच्चा पदार्थ मिसाउन पाइँदैन ।
यसअघि पनि कम्पनीले स्ल्याग मिसाएर सिमेन्ट बनाएको पाइएपछि विभागले तत्काल गल्ती स्वीकार गरेर उत्पादन सुधार्न निर्देशन दिएको थियो । तर, कम्पनीले अटेर गर्दै आएको विभागको भनाइ छ । ‘अम्बेले नियतबस नै कमसल कच्चा पदार्थ प्रयोग गरेको पाइयो,’ पुडासैनीले भने, ‘पटक–पटकको निर्देशनलाई वेवास्ता गरेकाले कम्पनीको इजाजत खोस्न हामी बाध्य भयौ ।’