पर्यटन क्षेत्र सुधार गर्न विज्ञ समूह गठन

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले एक साताअघि विज्ञ समूह गठन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको सुधारमा लाग्ने घोषणा गरेका थिए ।

पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ सदस्यीय विज्ञ समूह गठन गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले एक साताअघि विज्ञ समूह गठन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको सुधारमा लाग्ने घोषणा गरेका थिए ।

विज्ञ समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको सुधारका लागि रायसुझाव दिनेछन् । समूहमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दमणि दीक्षित, गङ्गाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छायाँ शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मिश्र, वासु त्रिपाठी, विजय अमात्य, मदन आचार्य, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रविजङ्ग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पा सोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य र सुबोध राणा छन् ।