विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा आएको छ । वैशाख ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहायता कक्षको स्थापना गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले जानकारी दिए । बोर्डको निर्णयका बारेमा काफ्लेले भने, “विदेशबाट आउने शव राख्ने ठाउँसमेत विमानस्थलमा थिएनन्, अब सहायता कक्षमा नै राख्न सकिने व्यवस्था भएको छ ।”

विदेशबाट अलपत्र आउने बिरामीको उपचारलगायत मानसिक सन्तुलन गुमेर आउने र अङ्गभङ्ग भएकाको परिवारको खोजी गर्ने काम पनि कक्षले गर्ने उनले जानकारी दिएका छन । सहायता कक्षको स्थापनाबाट पीडितको परिवारलगायत विमानस्थललाई व्यवस्थित बनाउनसमेत सहज भएको छ । विदेशबाट आउने शवलाई घरसम्म पु¥याउनका लागि शव वहानको व्यवस्थासमेत कक्षले नै मिलाउने छ ।