नेप्से झर्यो, कारोबार बढ्यो

सोमबार ६ हजार ३ सय ८७ कारोबारबाट ११ लाख २ हजार ५ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ । आइतबार भने ६ हजार ६ सय ८२ कारोबारबाट ८ लाख ४३ हजार ४ सय १० कित्ता शेयर किनबेच भएको थियो ।

सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लाग्दा कारोबार रकम भने उकालो लागेको छ । आइतबार १२.५१ अङ्क (०.९२ प्रतिशत)ले घटेको नेप्से सोमबार पनि ८.२७ अङ्कले घटेर १३४५.३७ अङ्कमा झरेको छ । तर, कारोबार रकम भने ४३ करोड ४२ लाख ४६ हजार रुपैयाँ पुगको छ । आइतबार ३६ करोड १६ लाख ९६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार ६ हजार ३ सय ८७ कारोबारबाट ११ लाख २ हजार ५ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ । आइतबार भने ६ हजार ६ सय ८२ कारोबारबाट ८ लाख ४३ हजार ४ सय १० कित्ता शेयर किनबेच भएको थियो ।

नेप्सेमा कारोबार भएका ९ समूहसूचकमध्ये अन्य समूह सूचक ०.३४ अङ्कले बढेको छ भने अन्य सबै उपसूचक घट्दा नेप्से ओरालो लागेको हो । सोमबार सबैभन्दा बढी गिरावट बिमा समूहमा ८१.७१ अङ्क र सबैभन्दा कम वित्त समूहमा ४.१२ अङ्क देखिएको छ । त्यसैगरि बैङ्किङ ५.१ अङ्क, विकास बैङ्क १४.४६, जलविद्युत् ६.३७, होटल ३९.९६, उत्पादनमूलक १०.९४ र लघुवित्त उपसमूह २१.९ अङ्कले घटेको छ ।