समाचार


कृषकलाई अनुदान

कृषकलाई अनुदान

८ आश्विन २०७५, सोमबार १३:४०

दोलखाको तामाकोसी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो । गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी तीन हजारदेखि ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन,.....

पखालाबाट मुस्लिम बस्ती प्रभावित

पखालाबाट मुस्लिम बस्ती प्रभावित

८ आश्विन २०७५, सोमबार १२:०५

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको सुरुदेखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला सुरु भएसँगै पहिलो दिन नै चार वर्षीया.....

पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन सुरु

पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन सुरु

८ आश्विन २०७५, सोमबार ११:१३

सबै नगरवासीलाई खानेपानी पुर्याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ । चापागाउँ, डुकुछापमा.....

चप्पल उद्योगमा श्रम शोषण

चप्पल उद्योगमा श्रम शोषण

८ आश्विन २०७५, सोमबार १०:५७

मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार अाेटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३.....

हत्यारा पत्ता लगाउन नसकेको प्रति बागलुङका महिलाको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हत्यारा पत्ता लगाउन नसकेको प्रति बागलुङका महिलाको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

७ आश्विन २०७५, आईतवार १६:४१

कन्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्त सँगै बागलुङमै संगीन जीसी र रुपा गौतको हत्या भएको लामो समय वित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको प्रत्ति बागलुङको महिलाहरुले दबाबमूलक विरोध ¥याली निकालेका छन् । निर्मला पन्तको बलात्कारपछि भएको हत्या भएको झन्डै दुइ महिना वितिसक्दा पनि बास्तविक हत्यारालाई लुकाउन.....

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

७ आश्विन २०७५, आईतवार १६:०८

साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज दाङकाे लमहीमा आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घका निर्देशक प्रतिमा शर्माले बताइन् । ‘‘सुस्तश्रवण.....

इन्द्रावतीद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

इन्द्रावतीद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

७ आश्विन २०७५, आईतवार १६:००

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारवाही गरिने.....

पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

७ आश्विन २०७५, आईतवार ११:३८

पोखरा उद्योग वाणिज्य सङ्घको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा विजयी भएका हुन् । आगामी दुई वर्षे कार्यकालको लागि सङ्घमा नेतृत्व लिन वाम र लोकतान्त्रिक.....

सरकारले बढायो १० प्रतिशत भाडाः यातायात व्यवसायीलाइ राहत, सर्वसाधारणलाइ मर्का

सरकारले बढायो १० प्रतिशत भाडाः यातायात व्यवसायीलाइ राहत, सर्वसाधारणलाइ मर्का

६ आश्विन २०७५, शनिबार २०:३०

सरकारले सर्वसाधारणलाई मर्कापर्ने गरी १० प्रतिशत भाडादर बढाउन सहमत भएको छ । दशैँको मुखैमा आएर अग्रिम टिकट बुकिङ रोकेका यातायात व्यवसायीको माग बमोजिम भाडादर बढाएको हो । पेटोलियम पदार्थको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथा.....

माथिल्लो अरुण कम्पनी मोडलमा बनाइने, सर्वसाधारणले सेयर पाउने

माथिल्लो अरुण कम्पनी मोडलमा बनाइने, सर्वसाधारणले सेयर पाउने

६ आश्विन २०७५, शनिबार २०:२५

सरकारले संखुवासभामा रहेको ७ सय २५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत सेयर दिने गरी कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्न सहमति दिने निर्णय गरेको हो । प्राधिकरणले आयोजना.....