सरकारले बढायो १० प्रतिशत भाडाः यातायात व्यवसायीलाइ राहत, सर्वसाधारणलाइ मर्का

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

सरकारले सर्वसाधारणलाई मर्कापर्ने गरी १० प्रतिशत भाडादर बढाउन सहमत भएको छ । दशैँको मुखैमा आएर अग्रिम टिकट बुकिङ रोकेका यातायात व्यवसायीको माग बमोजिम भाडादर बढाएको हो । पेटोलियम पदार्थको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

दश प्रतिशत भाडा बढाएर व्यवसायी खुसी भएपनि आम सर्वसाधारणले तिर्ने भाडा बृद्धिले पर्ने मर्काबारे सरकारले नजरअन्दाज गरेको देखिन्छ । भाडादर बृद्धि भएपछि यातायात व्यवसायीहरु अग्रिम टिकट बुकिङ खुलाउन पनि तयार भएका छन ।