सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएकोे छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्नुहुने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार नगद छुट पनि प्रदान गरेको छ ।
कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी समेत प्रदान गरेको छ । कम्पनी द्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ । जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास तालिका अनुसार पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रहेको छ । कम्पनि अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।
७९३ सिसिको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ विएचपि को ३५०० आरपिएम तथा २००० आरपिएमको अधिकताम ७५ एन एम को टर्क विद्यमान छ । एआरएआई अनुसार यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दुरीतय गर्ने कुरामा कम्पनीको दावी समेत रहेको छ ।

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदि जस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु हुन् ।