४८२ किलोमिटरको माइलेज दिने ह्युन्डाईको कोना

यसका दुईओटा प्रारुप आउने अपेक्षा गरिएको छ । जसमा एउटा ३९केडब्ल्यूएच र अर्को ६४ केडब्ल्यूजी ब्याट्रीसहित हुनेछ । यसले एक पटक गरिएको चार्जले ४८२ किलोमिटरको माइलेज दिन्छ ।

एजेन्सी । विश्व विद्युतीय गाडीको ट्रेन्डमा सिफ्ट हुँदै गर्दा ह्युन्डाई कम्पनीले आफ्नो नयाँ विद्युतीय कार कोनालाई भारतमा जुलाई ९ मा सार्वजनिक गर्दैछ ।

भारतमा यसका दुईओटा प्रारुप आउने अपेक्षा गरिएको छ । जसमा एउटा ३९केडब्ल्यूएच र अर्को ६४ केडब्ल्यूजी ब्याट्रीसहित हुनेछ । यसले एक पटक गरिएको चार्जले ४८२ किलोमिटरको माइलेज दिन्छ ।

नयाँ कोनाको सम्भावित मूल्य २५ लाखको नजिक हुनसक्ने बताइएको छ । कोनाको ३९.२ केडब्ल्यूएचको बैट्रीले १३५ बीएचपी पावर र ३३५ को एनएम टर्क दिन्छ । मात्र ५४ मिनेटमा यसको ८० प्रतिशत चार्ज पूरा हुन्छ ।

यसमा ब्ल्युलिंक कनेक्टिभिटी पनि हुने बताइएको छ । हालै लन्च भएको भेन्युमा पनि यो प्रविधि जडान थियो । कारमा अटोम्याटिक क्लाइमेट कन्ट्रोल, एलईडी प्रोजेक्टर हेडल्याम्प र डीआरएल, इलेक्ट्रिक सनरुफ, रेन सेनसिङ वाइपर्सजस्ता फिचर राखिएका छन् ।