मिर्मिरेले लाभांश कर सेयरधनीसँग माग्ने प्रस्ताव गर्यो

नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा पर्याप्त रकम जम्मा नगरेकोभन्दै लाभांश बाँड्ने प्रस्ताव फिर्ता गरिदिए पनि मिर्मिरे माइक्रोफाइनान्स डेभेलपमेण्ट बैंकले प्रस्ताव सच्याएको छ ।

उसले यसअघि प्रस्तावित ३० दशमलव ८० प्रतिशत सेयर लाभांश (बोनश सेयर) दिने प्रस्तावलाई दोहो¥याएको छ । तर उक्त बोनश सेयर प्राप्त गर्न सेयरधनीले कर तिर्नका लागि भने थप पैसा लगानी गर्नु पर्ने छ । सामान्यता कम्पनीहरुले बोनश सेयर दिँदा लाभांश करको रकम पनि कम्पनीले नै नगद लाभांशको रुपमा वितरण गर्ने गरेका छन् ।

यसअघि कम्पनीले कर प्रयोजनका लागि १ दशमलव ६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताप राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको थियो । सेयरधनीले बढी प्रतिफल लिनका लागि ग्राहक संरक्षण कोषमा पर्याप्त पैसा नछुट्याएको भन्दै केन्द्रिय बैंकले उक्त प्रस्ताव फिर्ता पठाइदिएको हो । हाल सञ्याएर पठाएको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेमा कम्पनीले सोही प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने छ ।