शाइन रेसुङ्गाको २५ प्रतिशत बोनश स्वीकृत

शाइन रेसुङ्गा डेभेलपमेण्ट बैंकको २५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकले मंगलवार उक्त प्रस्तावलाई स्वीकृती दिएको बैंकले जनाएको छ ।

अब बैंकले २७ करोड ५७ लाख २३ हजार १ सय रुपैयाँ बराबरको सेयर लाभांश बाँड्ने प्रस्ताव आगामी साधारण सभामा प्रस्तुत गर्ने छ । कम्पनीको नवैं वार्षिक साधारणसभाले समेत उक्त प्रस्ताव पारीत गरेमा शाइनका सेयरधनीले बोनश सेयर पाउने बाटो खुल्ने छ ।