एनआईसी एसिया बैङ्कलाई गभर्नर्स कप अन्तरबैङ्क फुटसल २०७५ उपाधि

नेपाल राष्ट्र बैङ्कद्वारा ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको गभर्नर्स कप अन्तरबैङ्क फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एसिया बैङ्क लिमिटेडले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता थियो । जसमध्ये एनआईसी एसिया बैङ्कले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो ।