नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबमोजिम मेगा बैङ्कले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो ।
मेगा बैङ्क नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ ओटा नयाँ शाखा खोल्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबमोजिम मेगा बैङ्कले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसै क्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावतीमा सोमबार नयाँ शाखा खुलिसकेका छन् ।
शाखा विस्तार हुने अन्य स्थान बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैङ्कको शाखा विस्तार हुँदैछ ।
‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावतीमा सोमबार शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ,’ मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले भनिन्, ‘मेगाले शाखा विस्तार गर्न लागेका ठाउँमा अहिलेसम्म ‘क’ वर्गका वाणिज्य बैङ्क पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैङ्कको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।’
स्थापनाकालदेखि नै आर्थिक समावेशितालाई मुख्य प्राथमिकता दिँदै आएकाले बैङ्किङ पहुँचमा नपुगेका नेपालीहरुलाई सेवा प्रवाह गर्न मेगा बैङक तल्लीन रहेको सीईओ खुञ्जेलीले बताइन् ।