सडकको माथिपट्टिबाट ठूलो ढुङ्गा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।
बाजुराकाे साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगङ्गा नगरपालिका–१, अम्कोटको द्वारीमा मङ्गलबार राति आएको पहिरोले सडक बन्द भएको छ ।
सडकको माथिपट्टिबाट ठूलो ढुङ्गा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । जेसीबी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरी उपरीक्षक वलीले बताए ।
सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन द्वारीमा रोकिएका छन् । सडक खोल्ने प्रयासका लागि पिएस कम्पनीलाई आग्रह गरिएको प्रहरी प्रमुख वलीको भनाइ छ । रासस