समृद्धिका लागि नेपालमै अन्तर्राष्ट्रिय कम्पनी

गत आवमा नेपालमा युनिलिभर स्थापना भएको रजत जयन्ती (सिल्भर जुब्ली) मनायो । आव २०७३/७४ मा कम्पनीले सिल्भर जुब्लीका कारण अपरेटिङ कस्टमा केही खर्च भयो । तर पनि हामीले १२ सय ७० प्रतिशत डिभिडेन्ट दियौँ । युनिलिभरले पब्लिसिटी र ब्रान्ड प्रमोसनमा प्रशस्त खर्च गर्दै आएको छ । कम्पनीका आआफ्नै किसिमका क्राइट एरिया छन् । त्यसभित्र पर्नेलाई युनिलिभरले खोजीखोजी विज्ञापन दिने गरेको छ ।

हामीले गतवर्ष मात्र युनिलिभर नेपालको सिल्भर जुब्ली मनायौं । यो अवधिसम्म नेपालमा युनिलिभर सफल किसिमले सञ्चालनमा छ । सन् १९९२ तिर युनिलिभर नेपालमा आउँदाको समयमा हामीलाई गाह्रो भएको पक्कै हो । त्यतिखेर हामी हिन्दुस्तान युनिलिभरको वितरक थियौं । यहाँको बजार अवस्था देखेर उनीहरुले यहाँ उत्पादनमूलक उद्योग स्थापना गर्नुपर्छ भन्ने सोचे । त्यसअघि हामीलाई दुईतीन वर्ष उद्योग स्थापनाको अनुमति लिने काममै खर्च भयो ।

युनिलिभरको प्रोफेसनल कम्पनी हो । सुरुको एकदुई वर्ष मात्र यसले मुनाफा कमाउन सकेन । त्यसपछि सबै वर्ष हामी मुनाफामा छौं । युनिलिभरका उत्पादन लक्स साबुन, क्लोजअप टुथपेस्ट, सनसिल्क सेम्पू आदि स्थापित भइसकेका छन् । संसारका जुनसुकै मुलुकमा यी वस्तु उपलब्ध छन् । यी उत्पादन अहिले ब्रान्ड बनिसकेका छन् । त्यही ब्रान्डकै कारण चलेका पनि छन् । नेपालमा पनि लक्स, टुथपेस्ट, सनसिल्क आदि विशेषगरी उच्चवर्गका उपभोक्ताले रुचाउने गरेका छन् । यी वस्तुको उत्पादनदेखि ब्रान्ड स्थापित गर्न युनिलिभरले ठूलो लगानी खर्चिएको छ ।

यो कम्पनीको मालिक भन्ने कोही छैन । र, यहाँ एक से एक ‘ब्रिलियन्ट’ व्यक्ति कार्यरत छन् । यो कम्पनीमा अहिले जो चियरम्यान हुनुहुन्छ, उहाँ पनि म्यानेजर लेभलबाट काम गरेको व्यक्ति हुनुहुन्छ । जो मान्छे सम्भावना भएको अर्थात् क्यापेबल छ, उक्त व्यक्तिलाई यहाँ अवसर छ । जुन कम्पनी सिस्टम एवम् नियममा रहेर काम गर्छ, त्यसको सकारात्मक दीर्घकालीन प्रभाव पर्छ । र ब्रान्ड स्थापित भएपछि कुनै पनि कम्पनी घाटामा जानुपर्दैन । त्यो कुरा युनिलिभरमा पनि लागू हुन्छ ।
नेपालमा युनिलिभर स्थापना हुने समयमा यसको चुक्ता पुँजी ९ करोड र १८ करोड बैङ्क ऋण लगानी हो । कम्पनीको गुडविलका कारण ऋण पनि सजिलै पाइयो । अहिले पनि कम्पनीको चुक्ता पुँजी ९ करोड रुपैयाँ नै छ । कम्पनीले वार्षिक साधारणसभामार्फत बोनस सेयर, राइट सेयर आदिबाट रकम उठाइरहेको छ । यसको पोलिसी नै लगानीकर्तालाई डिभिटेन्टलगायत सुविधा दिने किसिमको छ ।

गत आवमा नेपालमा युनिलिभर स्थापना भएको रजत जयन्ती (सिल्भर जुब्ली) मनायो । आव २०७३/७४ मा कम्पनीले सिल्भर जुब्लीका कारण अपरेटिङ कस्टमा केही खर्च भयो । तर पनि हामीले १२ सय ७० प्रतिशत डिभिडेन्ट दियौँ । युनिलिभरले पब्लिसिटी र ब्रान्ड प्रमोसनमा प्रशस्त खर्च गर्दै आएको छ । कम्पनीका आआफ्नै किसिमका क्राइट एरिया छन् । त्यसभित्र पर्नेलाई युनिलिभरले खोजीखोजी विज्ञापन दिने गरेको छ ।

अहिले नेपालमा उद्योग व्यापारको क्षेत्रमा परिवर्तन भएको छ । तर त्यो विश्वबजारमा नेपालको जति चर्चा हुनुपर्ने हो त्यो हुन सकेको छैन । यहाँको राजनीतिक एवम् प्रशासनिक क्षेत्रमा क्रमिक सुधार आएको छ । हामीले कम्पनीको लाइसेन्स लिन नै दुईतीन वर्ष लागेको थियो, अहिले त्यस्तो अवस्था छैन ।

हामीलाई अहिले नक्कली सामानले समस्या पारेका छन् । त्यसको नियन्त्रणमा सरकारले चासो दिनुपर्छ । साथै हामीले यस विषयमा पटकपटक सरकारसम्बद्ध निकायलाई जानकारी दिएका छौँ । यति हुँदा पनि सरकारका तर्फबाट त्यसमा प्रभावकारी कदम चालिएको छैन । यसले एकातिर सरकारले राजस्वमा घाटा बेहोरिरहेको छ, अर्काेतिर हाम्रो ब्रान्ड र सेल्समा पनि असर पारेको छ ।

हामी पारदर्शी रुपमा काम गरिरहेका छौँ । यसैगरी हामीले ट्याक्स छल्ने भन्ने हुँदै हुँदैन । सँगै यो २५÷२६ वर्षको अवधिमा हामीले एकदुई पटक मजदुरको समस्या झेल्नुप¥यो । युनिलिभर मल्टिनेसनल कम्पनीले विश्वबजारमा जसरी कामदारको व्यवस्थापन गरेको छ, सोहीअनुसार यहाँ पनि गरिएको हो । मलाई लाग्छ, त्यसमध्ये उत्कृष्ट सुविधा नेपालको कम्पनीमा काम गर्नेहरुले पाएका छन् ।

त्यसैले देश अहिले आर्थिक समृद्धिको मार्गमा अघि बढेको छ । सरकारले यसलाई दृष्टिगत गरी उपयुक्त नीति निर्माण गरेर बढीभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनी ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने हाम्रा लागि समृद्धि टाढा छैन ।