साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुुरेन्स सम्झौता

बैङ्क र इन्स्योरेन्स कम्पनीबीच भएको सहमति पत्रमा बैङ्कका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुुरेन्स सेवा प्रदान गर्न सम्झौता भएको छ ।

बैङ्क र इन्स्योरेन्स कम्पनीबीच भएको सहमति पत्रमा बैङ्कका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कसमेत आबद्ध सो इन्स्योरेन्स कम्पनीबाट सम्झौताअनुुसार यस बैङ्कका कर्मचारी, सेयरधनी र ग्राहकहरुले बैङ्कको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बिमासम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् ।

बैङ्कले आफ्ना सबै शाखाहरुबाट बैङ्किङ सेवाका अतिरिक्त लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई यथाशीघ्र सेवामा विविधीकरण गर्दै बिमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको बताएको छ ।