रोङ, विष्णुपुर र गेरुवामा मेगा बैङ्कका नयाँ शाखा

इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैङ्कका नयाँ शाखा ५२ ओटा पुगेका छन् ।

मेगा बैङ्क नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैङ्कका नयाँ शाखा ५२ ओटा पुगेका छन् ।

बैङ्किङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैङ्कले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको हो ।

मेगा बैङ्कले बैशाख महिनाभित्र ११ ओटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैङ्कले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो ।

मेगा बैङ्कका ५४ ओटा मेगा मनी मेशिन, ५८ शाखारहित बैङ्किङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सयभन्दा बढी एजेन्ट छन् ।