नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले आइतबार दुवै बैङ्कको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
टुरिजम डेभलपमेन्ट बैङ्क मेगा बैङ्कसँग गाभिएर मेगा बैङ्क नेपाल बनेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले आइतबार दुवै बैङ्कको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दुई बैङ्क गाभिएपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको जानकारी दिइन् । त्यसैगरी बैङ्कको निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ पुगेको बताइन् । मर्जरअघि मेगा बैङ्कको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैङ्कको २ अर्ब १ करोड थियो । तर, सेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको छ ।
अब मेगा बैङ्क नेपालका शाखा कार्यालय ९१ ओटा पुगेका छन् ।