मेगा बैङ्क र टुरिजम डेपलपमेन्ट बैङ्क एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज शुभारम्भ गर्दै उनले भने, “बैङ्कमा प्रवर्द्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।”
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले बैङ्क तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैङ्क प्रतिबद्ध रहेको बताएका छन् ।
मेगा बैङ्क र टुरिजम डेपलपमेन्ट बैङ्क एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज शुभारम्भ गर्दै उनले भने, “बैङ्कमा प्रवर्द्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।”
बैङ्किङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैङ्क तथा वित्तीय संस्थाले नसुनेकामा उनले असन्तुष्टी व्यक्त गरे ।
प्रवर्द्धकले बैङ्क व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नुहुनेमा जोड दिंदै गर्भनर डा नेपालले भने, “जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व हो, हामी जनताको पैसा तलमाथि हुन दिन्नौं ।”
आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए ।
आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैङ्कले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैङ्किङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिए ।
साविकको टुरिजम डेभलपमेन्ट बैङ्कका सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सञ्चालक समितिको स्वार्थमा ऋण प्रवाह गर्दा बैङ्किङ क्षेत्रमा समस्या आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले दुई बैङ्क एकीकृत भई कारोबार भएकोप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा देशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने गरी बैङ्कलाई अगाडि बढाउने बताए । रासस