सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कको अभियानमा सहभागी भएकोमा राष्ट्र बैङ्कका प्रवक्ता समेत रहेका पौडेलले एनआईसी एसिया बैङ्कको प्रशंसा गरे ।
एनआईसी एसिया बैङ्कले पोखराको लेकसाइडमा शाखा खोलेको छ । यही वैशाख ३१ गते नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सो शाखको उद्घाटन गरेका हुन् ।
सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कको अभियानमा सहभागी भएकोमा राष्ट्र बैङ्कका प्रवक्ता समेत रहेका पौडेलले एनआईसी एसिया बैङ्कको प्रशंसा गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईले बैङ्कलाई शुभकामना व्यक्त गरेका थिए ।
मुलुकभर बैङ्कका २ सय १० शाखा, २ सय एटीएम, ६ ओटा एक्स्टेन्सन काउन्टर एवम् ६ ओटा शाखारहित बैङ्किङ सेवा छन् ।