आईएमई र एभरेस्टबीच बैङ्कासुरेन्स

सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एभरेस्ट बैङ्क लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरे ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेस्ट बैङ्क लिमिटेडबीच बैङ्कासुरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एभरेस्ट बैङ्क लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरे ।

सम्झौतापश्चात् बैङ्कका ग्राहकले एभरेस्ट बैङ्कका शाखामार्फत आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा एभरेस्ट बैङ्कका प्रमुख कर्याकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धकद्वय राजीव जैन र गिरीश कोहलीका आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धकद्वय शरण रेग्मी र पवन थापा सहभागी थिए ।

उक्त अवसरमा आईएमई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैङ्कसँगको सम्झौताबाट कम्पनीलाई अझै आफनो सेवा सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।