कुनै पनि वाणिज्य बैङ्क नभएका २७ स्थानीय निकायमा एनआईसी एसिया

हालसम्म बैङ्कका २ सय १० ओटा शाखा कार्यालय, २ सय ३ एटीएम, ६ ओटा एक्स्टेन्सन काउन्टर, ६ ओटा शाखारहित बैङ्किङ एवम् ५ हजार ५ सयभन्दा बढी रेमिटेन्स पे–आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्कको रुपमा स्थापित भइसकेको छ ।

राज्य पुनर्संरचनासँगै सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कका शाखा खोल्नु पर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैङ्कसँग एनआईसी एसिया बैङ्कले प्रतिबद्धता जनाएका ३४ ओटा स्थानीय निकायमध्ये २७ ओटा निकायहरुमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिवृद्धि गर्दै सम्पूर्ण तह र तप्काका सर्वसाधारणको बैङ्कको रुपमा आफ्नो पहिचान बनाइरहेको एनआईसी एसियाले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिइरहेको छ । हालसम्म बैङ्कका २ सय १० ओटा शाखा कार्यालय, २ सय ३ एटीएम, ६ ओटा एक्स्टेन्सन काउन्टर, ६ ओटा शाखारहित बैङ्किङ एवम् ५ हजार ५ सयभन्दा बढी रेमिटेन्स पे–आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्कको रुपमा स्थापित भइसकेको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक सङ्ख्याको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैङ्कमध्ये एक हो । बैङ्कले करिब १३५ अर्ब निक्षेप सङ्कलन गरी करिब ११० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । बैङ्कका ग्राहक करिब ११ लाख ५० हजार छन् ।