विज्ञ समूहले सरकारलाई बुझाएको प्रतिवेदनमा ४ देखि ५ वर्षभित्र एयरपोर्ट निर्माण भइसक्ने उल्लेख गरिएको छ । यस्तै डीपीआर सकेको वर्ष दिनपछि काम सुरु गर्न सरकारलाई सुझाव दिइएको छ । यस अघि नै प्राविधिकहरुले नागीडाँडा उपयुक्त हुने बताइसकेका थिए ।
डोमेस्टिक एयरपोर्टको सम्भाव्यता अध्ययनका लागि गठन भएको विज्ञ समूहले काभ्रेपलान्चोक जिल्लाको बनेपामा रहेको नागीडाँडा नै उपयुक्त रहेको सुझाव सरकारलाई पेस गरेका छन् । विज्ञ समूहले काभ्रेकै नागीडाँडा, ठूलिचौर र चिसापानीको सम्भाव्यता अध्ययन गरेका थिए ।
विज्ञ समूहले सरकारलाई बुझाएको प्रतिवेदनमा ४ देखि ५ वर्षभित्र एयरपोर्ट निर्माण भइसक्ने उल्लेख गरिएको छ । यस्तै डीपीआर सकेको वर्ष दिनपछि काम सुरु गर्न सरकारलाई सुझाव दिइएको छ । यस अघि नै प्राविधिकहरुले नागीडाँडा उपयुक्त हुने बताइसकेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक बढेको हवाई चापलाई व्यवस्थित गर्न सरकारले राजधानी नजिकै डोमेस्टिक एयरपोर्ट बनाउने घोषणा गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीले डोमेस्टिक एयरपोर्ट निर्माणका लागि काभ्रेको नागीडाँडा, ठूलिचौर र चिसापानीको स्थलगत अध्ययन गरेका थिए । स्थलगत अध्ययनपछि मन्त्री अधिकारीले १५ दिनअघि ६ जनाको एउटा विज्ञ समूह गठन गरी सुझाव माग गरेका थिए ।
विज्ञ समूहमा इन्जिनियर कमलकुमार केसी संयोजक, सदस्यहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय इन्जिनियर ध्रुवदास भोछिभोया तथा बाबुराम पौड्याल, उप–निर्देशकद्वय सुवर्ण उपाध्याय तथा सीताराम भण्डारी र इन्जिनियर नलविक्रम थापा छन् ।