एनआईसी एसिया बैङ्कको कृषि तथा पर्यटन व्यवसाय कर्जा

कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रवद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाइरहेका व्यवसायीहरुलाई साथ दिन बैङ्कले यो योजना ल्याएको बताएको छ ।

विभिन्न किसिमका जनमुखी बैङ्किङ्ग सुविधा दिनेक्रममा एनआईसी एसिया बैङ्कले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले २०७५/२/१ देखि ‘कृषि व्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ ।

कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रवद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाइरहेका व्यवसायीहरुलाई साथ दिन बैङ्कले यो योजना ल्याएको बताएको छ । बैङ्कले यस योजनाले कृषि तथा पर्यटन व्यवसाय वृद्धिमा थप टेवा पु¥याउने विश्वास लिएको छ ।

व्यवसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पूरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५ प्रतिशत ब्याज अनुदानका लागि आवश्यक व्यवस्था मिलाउनुका साथै शून्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने छ । योजनाबाट कृषि उद्यमी र मुलुककै कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ ।

व्यावसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्डभित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई समेत बैङ्कले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको बताएको छ ।