बिहीबार उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । उनले कास्कीस्थित गगनगौंडादेखि लेखनाथसम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए ।
ठेक्का पाएर समयमै काम नगरेर प्रक्राउ परेका कास्कीका ठेकेदार सुरेन्द्र बस्नेत प्रहरी नियन्त्रणबाट छुटेको छन् ।
बिहीबार उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । उनले कास्कीस्थित गगनगौंडादेखि लेखनाथसम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए ।
आगामी असारसम्म सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएपनि काम नभएको भन्दै उनलाई प्रक्राउ गरिएको कास्कीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । ‘ठेक्का सम्झौताको समयमै काम सक्छु भनेपछि शुक्रबार छाडिएको छ,’ उनले भने, ‘जिल्ला प्रशासन कास्की र जिल्ला प्रहरीको सहमतिमा छाडेका छौं ।’
गृहमन्त्री रामबहादुर थापाले पूर्वाधार निर्माणका ठेक्का पाएर पनि काम समयमै नसक्ने तथा विभिन्न कारणले निर्माणमा आलटाल गर्ने व्यवसायीलाई पक्राउ गर्ने निर्देशन दिएसँगै उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका बस्नेत सिरुवा कन्ट्रक्सनका सञ्चालक समेत हुन् ।
उनले सडक स्तरोन्नतिका लागि दुई करोड ४४ लाख रुपैयाँमा ठेक्का पाएका थिए ।