अमेरिकाले चीनका एक हजार तीन सय ३३ वस्तुलाई २५ प्रतिशत ‘पनिसमेन्ट ट्याक्स’ लगाएपछि चीनले कार तथा केही कृषि उत्पादनसहित अमेरिकी वस्तुहरुमा प्रतिशोधको उपाय घोषणा गरेको छ । चीन बिस्तारै विकसित देशहरुको उत्पादन क्षमताकै समकक्षीमा पुग्छ र औद्योगिक अग्रणी बन्छ ।
चीन र अमेरिकाबीच पाकिरहेको व्यापार युद्ध सम्भवतः चीन सरकारले आफ्ना उद्योगलाई सुधार गर्ने प्रयाससँग जोडिएको छ । व्यापारमा चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । अमेरिकाले चीनका एक हजार तीन सय ३३ वस्तुलाई २५ प्रतिशत ‘पनिसमेन्ट ट्याक्स’ लगाएपछि चीनले कार तथा केही कृषि उत्पादनसहित अमेरिकी वस्तुहरुमा प्रतिशोधको उपाय घोषणा गरेको छ । तैपनि, एउटा व्यापार युद्धले कुनै पक्षतिर पनि आर्थिक महङ्खव बनाउँदैन । सन् २०१७ मा अमेरिका र चीनबीच द्विपक्षीय व्यापार लगभग ७ सय ११ बिलियन डलरको थियो । र डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका बेला भएको बोइङको कारोबार मात्रै ३७ बिलियन डलरको थियो ।
अमेरिकामा जागिर तथा आजीविका ठूलो जोखिममा छन् । त्यसो भए तनाव कम गर्न र नयाँ समाधान खोज्न खासगरी ट्रम्पसँग कुनै विशेष इच्छा किन छैन ? चीनले अमेरिकी बौद्धिक सम्पत्ति चोरेको आरोप तथा चीनसँग अमेरिकी व्यापार घाटाका बारेमा धेरै कुराकानी भए । तर, चीन सरकारको ‘मेड इन चाइना २०२५’ पहलले अमेरिकी त्रासमा यो उत्तरले झुटो बोल्न सक्छ तथा यसले चीनको आर्थिक प्रतिद्वन्द्वीका रूपमा बढ्दो चेतावनीलाई कसरी सङ्केत गर्छ ? चीनको व्यापार अभ्यासका बारेमा आधिकारिक अमेरिकी व्यापार प्रतिनिधिको हालैको खोजबिनले मेड इन चाइना २०२५ पहल सय गुणाभन्दा बढी उल्लेख गरेको र यो नै मुद्दा हो भनी सुझाएको छ ।
छवि समस्या
चीनले आफ्नो देशको उत्पादकत्व क्षमता अभिवृद्धि गर्न सन् २०१५ मा ‘मेड इन चाइना २०२५’ लन्च गरेको थियो । यो पहल सस्तो, श्रम–केन्द्रित नमुनाबाट उन्नत तथा स्मार्ट उत्पादनमा परिवर्तन गर्ने चीनको एउटा योजना हो । यसमा एरोस्पेस, रोबोटिक्स तथा उच्च प्राविधिक चिकित्सा उपकरणहरु जस्ता केही प्रमुख उद्योगलाई प्राथमिकता दिइएको छ । आशा छ, चीन बिस्तारै विकसित देशहरुको उत्पादन क्षमताकै समकक्षीमा पुग्छ र औद्योगिक अग्रणी बन्छ ।
यी प्रमुख उद्योगहरु जस्तै औद्योगिक रोबोट, उड्डयन तथा एरोस्पेस उपकरण, नयाँ ऊर्जा तथा विद्युत् आपूर्ति एवम् उन्नत रेल मेसिनरीका कैयौं उत्पादनहरु अमेरिकी व्यापार प्रतिनिधिद्वारा प्रकाशित भन्सारदरमा तोकिएका सूचीमा समावेश थिए । त्यसकारण यस्तो लाग्दै छ– अहिलेको परिस्थिति चीनसँग अमेरिकी व्यापार घाटा घटाउने उद्देश्यले गरिएकोे व्यापार मुद्दा होइन । यसको सट्टा, भविष्यमा चीनले दिने प्रतिस्पर्धालाई लक्ष्य गरिएको हुन सक्छ ।
चीनको मेड इन चाइना २०२५ रणनीति सही हो, जहाँ समानहरु उत्पादन गरिन्छ तथा यसले विश्व बजारमा उनीहरुको लोकप्रियतालाई कसरी असर गर्छ भन्ने चासो राख्छ । कुनै पनि देशको उत्पादनले त्यस देशको बलियो र सकारात्मक छवि निर्माण गर्न सक्छ । यसलाई अर्थशास्त्रीहरु ‘हेलो प्रभाव’ भन्ने गर्छन् । जस्तै, जर्मनहरुले आफ्ना कार तथा इन्जिनियरिङ, फ्रान्सेली तथा इटालियनहरुले रक्सी र फेसन अनि अमेरिकीहरुले नयाँनयाँ खोजका लागि ख्याति कमाएका छन् ।
यो विश्वव्यापी प्रतिष्ठाले गौरव तथा उच्च मूल्यको लाभ लिएर आउँछ । यद्यपि, सामग्री उत्पादन हुने स्थानभन्दा त्यस ब्रान्डको उद्गमस्थल बढी महङ्खवपूर्ण हुन्छ । बहस अझै पनि छ, (उदाहरणका लागि एप्पलले अमेरिकामा आफ्ना उत्पादनहरुको डिजाइन गर्छ । तर, तिनीहरुको निर्माण चीनमा हुन्छ) । ‘मेड इन चाइना’ प्रतिष्ठाको समस्याबाट पीडित छ भन्नेमा कुनै सन्देह छैन ।
चिनियाँ उत्पादन गुणस्तर तथा सरलताका हिसाबले राम्रा हुँदैनन् । यी त सस्ता र देख्दा मात्र राम्रा हुन्छन् भन्ने धारणा छ । यस विषयमा चीन सरकार जानकार पनि छ । त्यसैले ऊ यस किसिमको सोच परिवर्तन गर्न इच्छुक छ । फलस्वरुप एक्काइसौं शताब्दीको अन्त्यमा चीनले अग्रणी चिनियाँ फर्महरुलाई अन्तर्राष्ट्रियस्तरमा विस्तारित गर्न, नयाँ प्रविधि तथा नवीनतम खोजका लागि चाहिने उपकरण प्राप्त गर्न प्रोत्साहित गर्न ‘गोइङ आउट’ नामले एउटा नीति बनायो । सन् २००५ मा आईबीएमको पर्सनल कम्प्युटर डिभिजनको आईटी फर्म लेनोभोको अधिग्रहण तथा २०१० मा गिलाई अटोमोटिभलाई भोल्भोले किन्नु दुई ठूला उदाहरण थिए । मेड इन चाइना २०२५ ले ठ्याक्कै त्यही उद्देश्य पूरा गर्छ –चीनको प्रविधि र इनोभेटिभ क्षमता अभिवृद्धि गर्ने तथा चिनियाँ वस्तुको क्षवि सुधार्ने ।
प्रभावशाली विकास
यसमा कुनै सन्देह छैन कि, १९९० को दशकदेखि चीनले लामो यात्रा गरिसकेको छ । उसले बितेको एक दशकभित्र २२ हजार किलोमिटर उन्नत हाइस्पिड रेल नेटवर्क बनाएको छ, जुन विश्वका बाँकी मुलुकले मिलेर बनाएको कुल रेल मार्गभन्दा पनि बढी हो । चीनलाई पुनःनवीकरणीय ऊर्जा तथा प्रविधि, पेटेन्ट फाइलिङ, व्यापारिक ड्रोन, औद्योगिक रोबोटिक्स तथा ई–कमर्स एवम् मोबाइल पेमेन्टमा विश्वकै अग्रणी मानिन्छ ।
चिनियाँ दूरसञ्चार कम्पनी हुआवेले हालका वर्षहरुमा चाइनिज उत्पादनहरु परिवर्तन भएको दर्साउँछ । बितेको दशकभित्र, एरिक्सन र नोकियालाई उछिनेर हुआवे विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्यातकर्ता बनेको छ । यसले सामसुङपछि विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेर एपललाई पछि पारेको छ ।
माथिका यी आँकडाका बारेमा अझ रोचक कुरा त हुआवेले आफूलाई सस्तो फोन निर्माताबाट स्तरीय प्रिमियम ब्रान्डमा स्तरोन्नति गरेको छ, जसले एप्पल र सामसुङसँग प्रतिस्पर्धा गर्न सक्छ । यसका पछिल्ला नयाँ रिलिज भएका हुआवे पी२० प्रोको खुद्रा मूल्य ११ सय डलर पर्छ । अर्को टप–इन्ड मोडेल हुआवे पोर्स डिजाइन मेट आरएस दुई हजार एक सय नौ डलरमा बेच्नेछ, जुन मूल्य आईफोन एक्सभन्दा पनि बढी हो ।
केही अमेरिकी चीनको प्रभावशाली विकासबाट असहज महसुस गर्दै छन् र त्यसबाट आफूलाई असुरक्षित मानेका छन् भन्नेमा कुनै सन्देह छैन । यसले के सङ्केत गर्छ भने, अहिलेको व्यापार विवाद केवल आयातनिर्यातका बारेमा होइन, बरु एउटा महाशक्ति पनि प्रतिस्पर्धीको बढ्दो चुनौतीको त्रास महसुस गरिरहेको छ ।
क्विङ सान डिङ, हडर्सफिल्ड विश्वविद्यालयका मार्केटिङ विषयका सिनियर लेक्चरर हुन् ।