‘अहिले प्राधिकरणमा दश हजार भन्दा बढी कर्मचारी छन् । झन्डै २५ देखि ३ हजार ज्यालादारी छन्’ उनले भने, ‘ठूलो सङ्ख्यामा कर्मचारी भएकाले पनि कमजोरी हुन सक्छ । त्यस्का लागि सर्वसाधारण जनताले सहयोग गर्नुपर्छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा मिटर जोड्ने कर्मचारीदेखि शाखा प्रमुखले घुस मागे सूचना दिन आग्रह गरेका छन् । उनले प्राधिकरणको काम गर्दा कर्मचारीले घुस मागे भने सिधै प्राधिकरणमा खबर गर्न आग्रह गरे । ‘मिटर जोड्ने कर्मचारीले यति माग्यो । शाखा प्रमुखले यति माग्यो भनेर बाहिर भन्नुभन्दा सिधा भन्नुभयो भने मलाई कारबाही गर्न सजिलो हुन्छ’ उनले भने ।
सुशासन र पादर्शिता कायम नभएसम्म देशमा समृद्धि नहुने भएकाले सवै सचेत र जिम्मेवार बन्नुपर्ने बताए । प्राधिकरणमा भएका दश हजार बढी कर्मचारी व्यवस्थापन गर्न कठिन हुने हुँदा सर्वसाधारणलाई यस विषयमा सहयोग गर्न आग्रह गरे ।
‘अहिले प्राधिकरणमा दश हजार भन्दा बढी कर्मचारी छन् । झन्डै २५ देखि ३ हजार ज्यालादारी छन्’ उनले भने, ‘ठूलो सङ्ख्यामा कर्मचारी भएकाले पनि कमजोरी हुन सक्छ । त्यस्का लागि सर्वसाधारण जनताले सहयोग गर्नुपर्छ ।’ अहिले पनि प्राधिकरणको जानकारीमा आएका भष्ट्रचार सम्वन्धि विषयमा कारबाही गरिरहेको उनको भनाइ छ । प्राधिकरणले १६ जना कर्मचारीलाई कारबाही गरिसकेको उनले दाबी गरे ।
औद्योगिक क्षेत्रमा भएको लोडसेडिङ अन्त्य भएकाले अव सुशासन र पारदर्शिताका लागि सवै जनता, उद्योगी, व्यवसायी र उपभोक्ताहरुले सहयोग गर्न आग्रह गरेका छन ।