शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्नेछन् ।
एनआईसी एसिया बैङ्कले यूके एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा सातौं शाखारहित बैङ्किङ सेवा जेठ ३ गतेबाट सुरु गरेको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र सङ्क्षिप्त बैङ्क स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैङ्किङ कारोबारका लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैङ्किङ कारोबारको विकास हुने विश्वास बैङ्कले लिएको छ ।
सक्षम युके एडद्वारा सञ्चालित एक्सेस टु फाइनान्स कार्यक्रममा आधारित डीएफआईडी नेपालको लुइस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।
सो शाखारहित बैङ्किङ सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरे । उक्त शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले प्रतिनिधिको रुपमा घटाल ब्रह्मादेव जनरल स्टोर (प्रोप्राईटरः कलकबहादुर रोकाया) लाई नियुक्त गरेको छ ।