एनआईसी एसियाकोे भोक्राहा, सिरहामा आठाैं शाखारहित बैङ्किङ सेवा

एनआईसी एसिया बैङ्क लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने क्रममा सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठांै शाखारहित बैङ्किङ सेवा जेठ ६ गतेबाट सञ्चालनमा ल्याएको छ ।

सो शाखारहित बैङ्किङ सेवाको प्रदेश २ का सभासद सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले संयुक्त रुपमा उद्घाटन गरे । उक्त शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले प्रतिनिधिका रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।