निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए स्वीकृत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेको जानकारी दिए । उनले ईआईए स्वीकृत भएसँगै मन्त्रालयले विमानस्थलको प्रारम्भिक निर्माणको काम अगाडि बढाउने र मोडालिटी छिट्टै टुङ्गो लगाउने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगड विमानस्थलको ईआईए स्वीकृत भएसँगै आयोजनाको काम अगाडि बढाउने बाटो खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेको जानकारी दिए । उनले ईआईए स्वीकृत भएसँगै मन्त्रालयले विमानस्थलको प्रारम्भिक निर्माणको काम अगाडि बढाउने र मोडालिटी छिट्टै टुङ्गो लगाउने बताए ।

सहसचिव लामिछानेले विमानस्थल निर्माणका लागि त्यस आसपासका झन्डै १५ सय घरधुरीलाई सानुपर्ने उल्लेख गरिएको जनाएका छन् । यस्तै २४ लाख रुख कटान गर्नुपर्ने र ८ हजार हेक्टर जमिन चाहिने उल्लेख गरिएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सय दिनको कार्ययोजना सार्वजनिक गर्दै ईआईए स्वीकृति भइसक्ने बताएका थिए । सरकार गठन भएको सय दिन पुग्न १ दिन बाँकी रहँदा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए स्वीकृत भएको हो ।