अब चक्रपथमा गुड्नेछ मोनोरेल

चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच एमओयू भएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र कर्पोरेसनका महाप्रबन्धक ली होङ्गकीले सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

अब चक्रपथमा सार्वजनिक सवारी मात्र होइन, मोनोरेलले पनि सेवा दिने भएको छ । त्यसका लागि शुक्रबार काठमाडौं महानगरपालिका र चिनियाँ कम्पनीबीच द्विपक्षीय सम्झौता (एमओयू) भएको छ । सम्झौताअनुसार मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गर्नेछ ।

कार्यक्रममा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच एमओयू भएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र कर्पोरेसनका महाप्रबन्धक ली होङ्गकीले सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

चिनियाँ कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पह सिफारिस गर्नेछ । मेयर शाक्यले उक्त अवसरमा आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘मोनोरेल चलाउँछौं भनेकै एक वर्ष भइसक्यो । काम सुरु भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, त्यसका लागि हामी लागिपरेका छौं, मानोरेलको तीव्र प्रतीक्षा छ,’ उनले भने ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पनि महानगरवासीलाई सजिलोका लागि मोनोरेल उपयुक्त माध्यम भएको प्रतिक्रिया दिए । ललितपुरमा पनि चक्रपथले छुने भएकाले मोनोरेल सञ्चालनमा काठमाडौं महानगरसँग मिलेर काम गर्ने उनले बताए ।

कार्यक्रममा चिनियाँ कम्पनीका महाप्रबन्धकले काठमाडौंको यातायात क्षेत्रलाई व्यवस्थित गराउन मोनोरेलको भूमिका प्रभावकारी हुने दाबी गरे । आफूहरुले गर्ने काम समयमै सम्पन्न गर्ने उनको भनाइ छ ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी थिए ।