सरकार गठन भएको सय दिनभित्र आफ्ना मन्त्रालयले गरेको कामको समीक्षा गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘अहिले १० लाख पर्यटक आउँदा त एयर ट्राफिकको जाम यस्तो छ भने, २०२० मा १५ लाख, अनि पछि ३० लाख, ५० लाख पर्यटक आउँदा कस्तो अवस्था होला ? अहिलेलाई भन्दा पछिलाई सोचेर काम गर्न लागेको हुँ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले काभ्रेको नागीडाडाँमा बन्न लागेको डोमेस्टिक एयरपोर्टलाई भैरहवा विमानस्थलसँग तुलना नगर्न आग्रह गरेका छन् । ‘पहिला काम गर्न दिनुस्, त्यसपछि टिप्पणी गर्नुस्,’ मन्त्री अधिकारीले भने, ‘यहाँ त कामभन्दा पहिला विरोध धेरै आउँछन् ।’
सरकार गठन भएको सय दिनभित्र आफ्ना मन्त्रालयले गरेको कामको समीक्षा गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘अहिले १० लाख पर्यटक आउँदा त एयर ट्राफिकको जाम यस्तो छ भने, २०२० मा १५ लाख, अनि पछि ३० लाख, ५० लाख पर्यटक आउँदा कस्तो अवस्था होला ? अहिलेलाई भन्दा पछिलाई सोचेर काम गर्न लागेको हुँ ।’
‘नागीडाँडामा डोमेस्टिक एयरपोर्ट बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने एयर ट्राफिक जाम ३१ प्रतिशत कम हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘नागीडाँडाको वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया सुरु भएको छ ।’ ‘नागीडाँडाबाट दैनिक ३ सय जहाज उडाउने लक्ष्यमा हामी छौं,’ मन्त्री अधिकारीले भने, ‘जहाज मात्र हैन, हेलिकप्टरलाई पनि त्यहीँ सिफ्ट गराउने सोचमा छौं ।’ हेलिकप्टरलाई नागीडाँडामा स्थानान्तरण गर्नसके एयरपोर्टको फ्रिक्वेन्सी डिस्टर्ब कम हुने उनको भनाइ छ । ‘म जहाज नउड्ने ठाउँमा एयरपोर्ट बनाउने पक्षमा छैन,’ उनले भने, ‘राजधानी नजिकै डोमेस्टिक एयरपोर्ट आवश्यकता हो, त्यसैले म बनाउँछु ।’
सरकार गठन भएको सय दिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने कामको विवरण सार्वजनिक गर्दै मन्त्री अधिकारीले डोमेस्टिक एयरपोर्टको टुङ्गो लगाउने घोषणा गरेका थिए । त्यही घोषणाअनुरुप मन्त्री अधिकारी आफै काभ्रेको विभिन्न ठाउँमा एयरपोर्टका लागि जग्गा हेर्न गएका थिए । स्थलगत अध्ययनपछि गठन गरिएको विज्ञ समूहले डोमेस्टिक एयरपोर्टका लागि नागीडाँडा उपयुक्त हुने सुझाव पेश गरेको छ ।