बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
एभरेष्ट बैङ्कले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा खोलेको छ ।
बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर श्रीमती गीताकुमारी दाहाल, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेमनारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । यसैगरी, दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँपालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ र बैङकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
एभरेष्ट बैङ्कका ग्राहक साढे नौ लाखभन्दा बढी छन् जुन बैङ्किङ क्षेत्रमा सबैभन्दा उच्च हो । हालै भएको क्यामेल्स रेटिङमा एभरेष्ट बैङ्क दोस्रो स्थानमा पर्न सफल भएको छ । आफ्ना ८० ओटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व सङ्कलन काउन्टर र ११३ एटीएम तथा बृहत् बाह्य सन्जालमार्फत् उत्कृष्ट सेवा प्रदान गरिरहेको बैङ्कले जनाएको छ ।