लहान र भीमसेन थापा गाउँपालिकामा मेगा बैङ्क

सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा मेगा बैङ्कले शाखा विस्तार गरेको हो । मेगा बैङ्कले दुई साताको अवधिमा १० ओटा नयाँ शाखा विस्तार गरेको छ ।

शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैङ्कले थप दुइटा शाखा विस्तार गरेको छ ।

सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा मेगा बैङ्कले शाखा विस्तार गरेको हो । मेगा बैङ्कले दुई साताको अवधिमा १० ओटा नयाँ शाखा विस्तार गरेको छ ।

बैङ्किङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैङ्कले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको हो ।

योसँगै देशभर मेगा बैङ्कका शाखा कार्यालय ९३ पुगेका छन् । यसैगरी ८ ओटा एक्सटेन्सन काउन्टर, ७४ ओटा एटीएम सञ्जाल, ५८ ओटा शाखारहित केन्द्र र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।