२२०÷१३२ केभी क्षमताको उक्त सवस्टेशन बनेपछि नेपाल र भारतबीच विद्युत व्यापार हुनेछ । अहिले १ सय ३० मेगावाट विद्युत हिउँदको पिक समयमा भारतबाट आयात भइ चार्ज भइरहेको छ । सवस्टेशन बनेपछि थप १५० मेगावाट विद्युत चार्ज गर्न सकिने छ । सोही क्षमतामा भारत तर्फ विद्युत निर्यात गर्न सकिने छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी असारभित्र ढल्केबर सवस्टेशन निर्माणको काम सक्न ठेकेदारलाइ निर्देशन दिएका छन । ढल्केबर सवस्टेशनको अनुगमन गर्न शनिबार आयोजना स्थलमा पुगेका उनले सवस्टेशन निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका थिए ।
नेपाल र भारतबीचको विद्युत व्यापार हुने उक्त सबस्टेसनको काम समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देसन दिएका थिए । निर्माणको ठेक्का पाएको टेलमोस इलेक्टोनिक्सले काम तीव्र रुपमा गरिरहेको छ । उक्त ठेकेदार कम्पनि असारभित्रै सबस्टेसनकाे काम सक्न सहमत भएकाे थियो ।
अहिले उक्त सबस्टेसनको ८० प्रतिशत भौतिक प्रगति भएको छ । २२०÷१३२ केभी क्षमताको उक्त सवस्टेशन बनेपछि नेपाल र भारतबीच विद्युत व्यापार हुनेछ । अहिले १ सय ३० मेगावाट विद्युत हिउँदको पिक समयमा भारतबाट आयात भइ चार्ज भइरहेको छ । सवस्टेशन बनेपछि थप १५० मेगावाट विद्युत चार्ज गर्न सकिने छ । सोही क्षमतामा भारत तर्फ विद्युत निर्यात गर्न सकिने छ ।