नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य बढाएको भोलिपल्ट निजी वायु सेवा सञ्चालक संघले हवाइ भाडा बढाएका छन् । बढेको भाडा मङ्गलबारदेखि लागू हुने छ ।
हवाई इन्धनको मूल्य बढेको कारण देखाउदै वायुसेवा सञ्चालक संघले हवाई भाडा दर बढाएको छ । नेपाल आयल नियमले शनिवार रातिबाट हवाई इन्धन(एयर टर्बाइन फ्युल)मा प्रतिलिटर ५ रुपैयाँले बढाएको थियो ।
आइतबार बसेको बैठकले निजि क्षेत्रका हवाई कम्पनीहरुले भाडा दर बढाउने निर्णय गरी नेपाल नागरिक उड्डन प्राधिकरण(क्यान)मा स्वीकृतिका लागि पठाएको वायुसेवा सञ्चालक संघका कार्यकारीणी सञ्चालक कमलेस बर्माले जानकारी दिए । “हवाई इन्धनको भाउँ बढेपछि हामीले पनि हवाई भाडा दर बढाउने निर्णय गरेका हौ, कार्यकारीणी सञ्चालक बर्माले भने, न्यूनतम ४५ रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म बढाउने निर्णय गरेका हौ” ।