गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो ।
मेगा बैङ्क नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो ।
धादिङमा मेगा बैङ्कको चार ओटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैङ्कको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो ।
योसँगै मेगा बैङ्कका शाखा ९५ ओटा पुगेका छन् । आठ ओटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैङ्कका ७४ ओटा एटीएम सञ्जाल, ५८ ओटा शाखारहित केन्द्र र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।
बैङ्किङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैङ्किङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैङ्कले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । यो आर्थिक वर्षमा थप आधा दर्जन शाखा कार्यालय खोल्ने मेगा बैङ्कले जनाएको छ ।