मेगा बैङ्क र प्रभु लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्स सम्झौता

मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैङ्कास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मेगा बैङ्क नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैङ्कास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब ग्राहकले मेगा बैङ्कका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैङ्कको विश्वास छ ।