वातावरण दिवसमा एभरेष्ट बैङ्कद्वारा वृक्षरोपण

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरेका थिए ।

विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैङ्कले काठमाडौं महानगरपालिका वडा नं ३ र पीडीएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारमा वृक्षरोपण गरेको छ ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरेका थिए ।
‘वातावरण जोगाउँ हरियाली बनाऔं’ भन्ने मूल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ३ का अध्यक्ष दीपक केसी तथा एभरेष्ट बैङ्कका अधिकृत तथा कर्मचारीहरुको उपस्थिति थियो ।

एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत बढ्दो वातावरण प्रदूषण न्यूनीकरण गर्न तथा हरियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ ।