काम नगर्ने ठेकेदारप्रति सरकार कडा, लामोसाँघु जिरी सडकखण्डबाट ठेकेदार कम्पनीका मालिक भण्डारी पक्राउ

ठेक्का पाएर पनि समयमै काम नगर्ने सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु जिरी सडक खण्डका ठेकेदार कम्पनीका मालिक धर्मराज भनिने भिमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । सडकको स्तरोन्नती सहित चौडा र कालोपत्रे गर्ने जिम्मा पाएको उक्त कम्पनीले काम नगरेकाे जानकारी पाएपछि प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जेभी निर्माण कम्पनी मध्येका सुनौला खिम्तीका मालिक भण्डारीले तोकिएको काम नगरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिम्मा पाएको काम सन्तोषजनक रुपमा अगाडी नबढाएकाले पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्थान तामाङले जानकारी दिए ।