गरिमा विकास बैङ्कले ल्यायो “दम्पति बचत खाता”

“सर्वोच्च सम्पत्ति सुखी दम्पति” भन्ने नाराका साथ गरिमा विकास बैङ्कले “ गरिमा दम्पति बचत खाता” सञ्चालनमा ल्याएको छ । प्रदेश १ अर्न्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बैङ्कले ९ प्रतिशत ब्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

जेठ २३ गते बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुअात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैङ्कमा खाता खोल्नेहरु लाभान्वित हुने बैङ्कका अध्यक्ष बरालको भनाई छ ।

बैङ्कमा उक्त खाता खोल्ने ग्राहकहरुले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैङ्किङ्ग सुविधा, सी–आस्बा सुविधा र एबीबीएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।