उर्जामन्त्री र प्रदेश पाँचका मुख्यमन्त्रीबीच भेटवार्ता,बागलृुङमा रहेको उत्तरगंगा परियोजना प्रदेश सरकारलाई दिन आग्रह

काठमाडौं– उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहिवार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्र रहेका सिंचाई तथा उर्जा क्षेत्रका आयोजनाका बारेमा छलफल भएको थियो ।

उर्जामन्त्रीसंगको भेटमा मुख्यमन्त्री पौडेलसहित प्रदेश सरकारका सबै मन्त्रीको सहभागीता रहेको थियो । भेटमा उर्जामन्त्री पुनले ५ नम्बर प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने गरी काम गर्न आग्रह गरेको उनका स्वकिय सचिव सुमन आचार्यले जानकारी दिए ।
‘केन्द्र सरकारको तर्फबाट र म आफुले सक्ने सहयोग व्यक्तिगत रुपमा पनि गर्छु, तर तपाईहरु यो प्रदेशलाई नमुना बनाउने गरी काम गर्नुहोस् ।’ मन्त्री पुनको भनाई उदृत गर्दै उनका स्वकिय सचिव आर्चायले भने ।

भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार संचालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै केन्द्र सरकारले आवश्यक कर्मचारी खटाईदिन आग्रह गरेका थिए । मन्त्री पुनले त्यसका लागी तत्काल आफुले पहल गर्ने बताएका थिए ।

भेटमा मुख्यमन्त्री पोखरेलले बाग्लुङमा रहेको उत्तरगङगा परियोजना प्रदेश सरकारले बनाउन चाहेको भन्दै त्यसका लागी सहयोग गर्न आग्रह गरेका थिए ।