तल्लो मोदीखोलाका मजदुर अान्दोलित, चार दिनदेखि अायोजनाको काम ठप्प

तल्लो मोदी जलबिद्युत आयोजनाका मजदूरहरु आन्दोलित भएका छन् । निर्माणाधिन २० मेगावाटको आयोजनाको काम मजदूरको आन्दोलनले बिगत ४ दिनदेखि पूर्ण रुपमा अवरुद्ध छ । साउथ एसिएन इन्स्फाटक्चर कम्पनीले काम लगाएका मजदूरहरुले आफुहरुलाई अन्यत्रै काम पठाउन लागिएको भन्दै हड्ताल शुरु गरेका हुन् ।
यहाँ कार्यरत १६ जना मजदूरहरुलाई रामेछापको लिखुखोला जलबिद्युत आयोजनामा पठाउन लागिएको हो । तल्लो मोदीखोलाको काम सकिने लागेपछि कम्पनीले मजदूरहरुलाई रामेछापमा सिफ्ट गर्न खोजेपछि पर्वत स्थायी घर भएका मजदूरहरु जान मानेका छैनन् ।  स्थायी घर पर्वत भएका मजदूरहरुले आफुहरुलाई पर्वतमै काम दिलाउन माग राख्दै आन्दोलन थालेको बताएका छन् ।
असार भित्रै तल्लो मोदीले उत्पादन थाल्ने गरि निर्माणको काम गरिरहेको समयमा मजदूरहरुले आन्दोलन थालेपछि समस्या भएको छ । आयोजना निर्माण पक्ष र मजदूरहरुको बिचमा चार दिन हुँदा सम्म पनि वार्ता हुन सकेको छैन् ।